कहाँ–कहाँ छन् सडक अवरुद्ध ?
सारांश
- दसैँको समयमा देशका विभिन्न स्थानमा परेको वर्षाले सडक अवरुद्ध भएका छन्।
- प्रहरीका अनुसार संखुवासभा, रसुवा र सिन्धुपाल्चोकका सडक पूर्ण रूपमा बन्द छन्।
- बाढी र पहिरोका कारण रसुवामा नेपाल-चीन नाका जोड्ने पुल बन्द भएको छ।
काठमाडौँ । दसैँको माहोलबिच देशका विभिन्न स्थानमा अविरल वर्षाले सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै संखुवासभा, रसुवा र सिन्धुपाल्चोक जिल्लाका विभिन्न सडक पूर्ण रूपमा बन्द भएको जनाएको छ ।
कोशी प्रदेशअन्तर्गत संखुवासभा जिल्लामा कोशी राजमार्गका दुई स्थान अवरुद्ध भएका छन् । भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा लगातारको वर्षाका कारण राजमार्ग बन्द भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बागमती प्रदेशका रसुवा र सिन्धुपाल्चोकमा बाढी तथा पहिरोले सडकमा क्षति पुर्याएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चीन नाका जोड्ने पुल बन्द भएको छ भने सोही गाउँपालिकाको तातोपानी क्षेत्रमा खसेको पहिरोका कारण पासाङ ल्हामु सडक खण्ड पनि रोकिएको छ । सिन्धुपाल्चोकमा अरनिको राजमार्गका दुई स्थान—सुनकोशी गाउँपालिका–७ को ‘एक किलो’ र भोटेकोशी गाउँपालिका–२ को ‘बाह्र किलो’मा खसेको पहिरोले यातायात अवरुद्ध भएको छ ।
प्रहरीले सम्बन्धित निकायसँग सहकार्य गरेर अवरुद्ध स्थानहरू खुलाउने प्रयास भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण