हनुमानढोकास्थित दसैँघरमा यसरी भित्र्याइयो फूलपाती (फोटोफिचर)
सारांश
- फूलपाती पर्व आश्विन शुक्ल सप्तमीमा घर घरमा शास्त्रीय विधिअनुसार मनाइयो।
- गोरखा दरबारबाट हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने चलन छ, जुन पृथ्वीनारायण शाहको पालादेखि सुरु भएको हो।
- फूलपातीमा उखु, हलेदो, केराको बोटलगायतका नौ देवीको प्रतीकका रूपमा पूजा गरिन्छ, जसले दसैंको चहलपहल बढाउँछ।
काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।
यसै अवसरमा काठमाडौँको हनुमानढोकाको दसैँघरमा पनि फूलपाती भित्र्याइएको छ । गोरखा दरबारस्थित दसैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती दसैँघरमा भित्र्याइएको हो । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।
गोरखा दरबारको दसैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याइन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ , आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैँ अर्थात् दुर्गा पूजाको सामाजिक चहलपहल भने फूलपातीकै दिनदेखि बढ्ने गर्छ ।
तस्बिरहरु : सुवास श्रेष्ठ





_6ADpKUKBLS.jpg)

_hLejzB2izO.jpg)





_LhjZuXEgH0.jpg)

_27Qs08lxKw.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण