चीनमा एउटै परिवारका ११ जनालाई मृत्युदण्डको सजाय
सारांश
- चीनमा म्यानमारमा घोटाला केन्द्र सञ्चालन गरेको आरोपमा एकै परिवारका ११ जनालाई मृत्युदण्ड दिइएको छ।
- माफिया परिवार म्यानमार-चीन सीमा नजिकै रहेको सहरमा सक्रिय थियो र आपराधिक गतिविधिमा संलग्न रहेको पुष्टि भएको छ।
- चिनियाँ अदालतले परिवारका अन्य सदस्यहरूलाई पनि लामो जेल सजाय सुनाएको छ, कुल ३९ जनालाई सजाय सुनाइएको छ।
बेइजिङ । चीनमा एउटै परिवारका ११ जनालाई मृत्युदण्ड दिइएको छ । म्यानमारमा घोटाला केन्द्र सञ्चालन गरेको आरोपमा देशको एक अदालतले माफिया परिवारका ११ जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको चिनियाँ सरकारी सञ्चारमाध्यमको समाचारलाई उद्धृत गर्दै बीबीसीले समाचार छापेको छ । यस परिवारका दर्जनौँ सदस्यहरू आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ । परिवारका अन्य धेरै सदस्यहरूलाई पनि लामो जेल सजाय सुनाइएको छ ।
चीनको यो माफिया परिवारले म्यानमारको सानो सहर लौक्काईलाई नियन्त्रण गर्ने चार घरानाहरू मध्ये एकको लागि काम गर्थ्यो । म्यानमार–चीन सीमा नजिकै अवस्थित यो सहर जुवा, लागूपदार्थ र असङ्ख्य घोटाला केन्द्रहरूको केन्द्र बनेको छ। २०२३ मा म्यानमारले यी परिवारहरूमाथि कारबाही गर्ने क्रममा धेरै सदस्यहरूलाई पक्राउ गरेर चिनियाँ अधिकारीहरूलाई बुझाएको थियो ।
चीनको सरकारी टिभी च्यानल सीसीटीभीकाअनुसार उत्तरी सहर वेन्झाउको एक अदालतले सोमबार माफिया परिवारका कुल ३९ सदस्यहरूलाई सजाय सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण