क्रिकेट
नेपालले जित्यो टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक सिरिज
सोमबार, १३ असोज २०८२, २३ : २६
सारांश
- नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजमाथि टी-ट्वान्टी सिरिजमा ऐतिहासिक जित हासिल गरेको छ।
- सोमबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्यो ।
- शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजले १७४ रनको लक्ष्य पछ्याउँदै ८३ रन मात्र बनायो।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजमाथि ऐतिहासिक सिरिज कब्जा गरेको छ ।
नेपालले सोमबार राती भएको खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै सिरिज कब्जा गरेकाे हो ।
शारजाह क्रिकेट मैदानमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८३ रन बनायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।
नेपालका लागि आसिफ शेख र सन्दीप जोराले अर्धशतकिय पारी खेले । ४७ बल खेलेका आसिफले ८ चौका र ४ छक्का प्रहार गर्दै ६८ रन बनाए । त्यस्तै ३९ बल खेलेका जोराले ३ चौका र १ चक्का प्रहार गरे ।
वेस्ट इन्डिजका लागि अकेल हुसेन र केलि मायर्सले दुई दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण