तुइन खोला पहिरोः यात्रुहरूकै पहलमा अवरुद्ध सडक खुल्यो
भरतपुर । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरो खस्दा अवरुद्ध भएको सडक यात्रुहरू स्वयंले हटाएपछि करिब ३० मिनेटमै सुचारु भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार मिति २०८२ असोज १४ गते साँझ साढे सात बजेतिर तुईन खोला पुल नजिकै माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएपछि रोकिएका सवारीसाधनहरू लेन अनुशासनमा संयमित भएर बसेका थिए ।
सडक पन्छाउनका लागि एस्काभेटर पनि पहिरो गएको स्थानतर्फ पठाइएको थियो ।
तर, सवारी साधनको लामो लाइन लाग्न थालेपछि सोही क्रममा यात्रुहरू आफैँ मिलेर जाम हटाउने पहल गरेका थिए । बाटोमा खसेका माटो, ढुङ्गा लगायतका सम्पूर्ण अवरोधहरू यात्रुहरूले नै मिलेर पन्छाएका थिए ।
यात्रुहरूको सक्रिय पहलपछि करिब ३० मिनेटसम्म अवरुद्ध रहेको राजमार्ग राति ८ बजेतिर सुचारु भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण