प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डासहित माओवादी चुनावमा, नयाँ कुमारी विधिवत् रूपमा स्थापित
सारांश
- माओवादीले आगामी निर्वाचनमा सहभागिता जनाउने निर्णय गर्दै सर्कुलर जारी गरेको छ र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाएको छ।
- काठमाडौंमा कुमारीको रूपमा आर्यतारा शाक्यलाई स्थापित गरिएको छ भने दसैँको अवसरमा विशेष सामग्रीहरू प्रकाशित गरिएको छ।
- दसैँको चहलपहल सुरु भएसँगै करिब साढे ५ लाखले उपत्यका छाडेका छन् भने मुग्लिन-नारायणगढ सडकखण्डको पहिरो हटाइएको छ।
काठमाडौँ । रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा आज पनि हामी १२ बजे १२ समाचारसहित हाजिर भएका छौँ–
१. माओवादीको सर्कुलर
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउने निर्णय भएको भन्दै मातहतका कमिटीमा सर्कुलर पठाएको छ। पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई आफ्नो मुख्य एजेन्डाको रूपमा अघि सारेको छ।
२. कुमारी
स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) का रूपमा स्थापित गरिएको छ ।
नवघोषित कुमारी शाक्यलाई आज मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारी घर प्रवेश गराई आसन ग्रहण गराइएको हो ।
३. दसैँ विशेष
रातोपाटी डटकममा मंगलबार दसैँ विशेष सामग्रीका रुपमा विभिन्न सामग्री प्रकाशित भएका छन् ।
४. कार्कीमाथि नैतिक प्रश्न
भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसक्रममा भएको कमजोरीबारे छानविन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नैतिक प्रश्न उठेको छ ।
विशेष अदालतका पूर्वअध्यक्ष समेत रहेका कार्कीले जेनजी आन्दोलन जारी रहेकै बेला आन्दोलनको पक्षमा राजनीतिक दलका नेताहरूविरुद्ध सामाजिक सञ्जालमा लगातार लेखेका थिए । जहाँ कार्कीले ओली, देउवासहित नेताहरूलाई थुन्नुपर्ने र भाग्न दिन नहुने लगायत उल्लेख गरेका थिए ।
५. सुविधा फिर्ता
कृष्ण बहादुर महरा, ओनसरी घर्ती र गणेशप्रसाद तिमिल्सिनाले राज्यले दिएको सवारी साधन फिर्ता गरेका छन् ।
पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनविपरीत सवारी साधन प्रयोग गरिरहेपछि सरकारले फिर्ता गर्न आग्रह गरेको थियो ।
६. संघको विरोध
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले वर्तमान सरकारले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय गरेकोमा गम्भीर आपत्ति प्रकट गरेको छ ।
७. दसैँभर मौसम खराब
जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको बडादसैँ अवधिभर देशभर मनसुनी वायुको प्रभाव जारी रहने जनाएको छ।
महाशाखाले आज रातिदेखि असोज १९ गतेसम्म विभिन्न प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा, कतिपय ठाउँमा भारी र अति भारी वर्षा हुने पूर्वानुमान गरेको छ । जसअनुसार आज राति राजधानीसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
८. प्रविधिले सिर्जना गरेको ‘लुइस अर्थतन्त्र’:
निरोजन खड्का (नाम परिवर्तन) पेसाले सञ्चारकर्मी हुन् । जीवनका झण्डै दुई दशक आधार दर्जन बढी मिडिया हाउसमा रहेर पत्रकारिता गरेका उनीसँग लेखन, वाचन र प्रस्तुतीकरणको राम्रो खुबी छ । तरजागिरे जीवनदेखि वाक्क लागेपछि अहिले उनी आफैँले युट्युब च्यानल सञ्चालन गरेका छन् ।
९. मनाइयो महाअष्टमी
मंगलबार विधिपूर्वक पूजाआराधना गरी आज देशभर महाअष्टमी पर्व मनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा मनाउने प्रचलन छ ।
१०. साढे ५ लाखले छाडे उपत्यका
दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
११. सडक
मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरो खस्दा अवरुद्ध भएको सडक यात्रुहरू स्वयंले हटाएपछि करिब ३० मिनेटमै सुचारु भएको छ ।
१२. स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेकी गीता
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका– ४ की गीता पोखरेल अपाङ्गताका बाबजुद स्वास्थ्य क्षेत्रमा क्रियाशील छिन् । खुट्टा टेकेर हिँड्न नसक्ने अवस्थाकी उनी ह्विल चियरमा बसेरै भए पनि जनसेवामा समर्पित छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण