नयाँ कुमारी विधिवत् रूपमा स्थापित, तस्बिरहरू
काठमाडौँ । स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) का रूपमा स्थापित गरिएको छ ।
नवघोषित कुमारी शाक्यलाई आज मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारी घर प्रवेश गराई आसन ग्रहण गराइएको हो ।
विशेष बाजागाजासहित कुमारी घरमा विधिवत् रूपमा आसन ग्रहण गराएपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराउने तयारी गरिएको छ ।
जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक मानिन्छ । कुमारी छनोटको विधिवत् प्रक्रिया पूरा गरेपछि आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो ।
कुमारी छनोटका क्रममा गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँग सल्लाह तथा परामर्श गरिएको थियो । यसका लागि सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो ।
नयाँ कुमारीलाई आसन ग्रहण गराएसँगै यसअघिकी कुमारीको पनि विधिवत् रूपमा बिदाइ गरिएको छ ।
कुमारी परम्परा तत्कालीन राजा जयप्रकाश मल्लले स्थापना गरेको बताइन्छ ।
_sNIUGk19Qp.jpg)
_wNvNDZ56W8.jpg)
_gZUa2w2KK8.jpg)
_NbFoUYTuaR.jpg)
_Cn3hgztM66.jpg)
_ngyNww5bQW.jpg)
_sJlP1KYVo9.jpg)
_bR4kcRiX4A.jpg)
_MyWhZp9gg5.jpg)
_gWCAlemJI0.jpg)
_XKqbLcbn9l.jpg)
_kvjmRIJpjE.jpg)
_2WfZVTQ3gz.jpg)
_VPm9KWnjL5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण