दुई महिनामा १२ करोड बढीको तास भित्रियो
सारांश
- दसैँलाई लक्षित गरी आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनामा १२ करोड ८० लाख रुपैयाँ बराबरको तास आयात भयो।
- भदौ महिनामा ९ करोड बढीको तास आयात हुँदा सरकारले ५ करोडभन्दा बढी राजस्व संकलन गर्यो।
- दशैं तिहारमा तासको अत्यधिक माग हुने र चीन, भारत लगायतका देशबाट तास आयात हुने गर्छ।
काठमाडौँ । दसैँलाई लक्षित गरेर चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनामा १२ करोड ८० लाख ६२ हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा ३ करोड ७९लाख ६३ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो । उक्त तास आयातबाट सरकारले २ करोड बढी राजस्व संकलन गरेको थियो ।
तर दसैँमा धेरै तास खपत हुने गरेकाले भदौमा मात्रै ९ करोड ९ लाख ९ हजार रुपैयाँ बराबरको तास आयात भएको छ । उक्त तास आयातबाट सरकारले भदौमा मात्रै ५ करोड बढीको राजस्व संकलन गरेको छ ।
तर गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ३८ लाख ५९ हजार रुपैयाँको तास आयात भएको थियो । साउनमा २ करोड २६ लाख ९५ हजार र भदौमा ६ करोड ११ लाख ६४ हजार गरी दुई महिनामा ८ करोड ३८ लाख ५९ हजार रुपैयाँको तास आयात भएको थियो । गत आर्थिक वर्षमा तास आयातबाट मात्रै दुई महिनामा ४ करोड ७४ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
चाडपर्वको बेलामा अत्यधिक माग हुने तास विभिन्न मुलुकबाट आयात हुने गर्छ । नेपालमा सबैभन्दा बढी तास चीनबाट आउने गर्छ । त्यस्तै भारत, कोरिया, कुवेत, फिलिपिन्स, कतार, साउदी अरब तथा यूएईलगायत देशहरूबाट समेत तास आयात हुने गरेका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार दशैं तिहारमा विशेषगरी रमाइलो तथा जुवाका रूपमा पैसाको लेनदेन गरी खेलिने तास आयातमा नेपालबाट करोडौँ रुपैयाँ बाहिरिने गरेको छ ।
आर्थिक वर्ष ०७९/८० मा २१ करोड २७ लाख ९४ हजार रुपैयाँ बराबरको एक करोड ७७ हजार नौ सय ८९ बुक तास आयात भएको थियो । त्यस्तै ०७८/७९ मा नेपालमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँ बराबरको एक करोड ९ लाख ६० हजार ५४७ बुक तास भित्रिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण