बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

बिहीबार, १६ असोज २०८२, ०८ : १५
बिहीबार, १६ असोज २०८२

सारांश

  • कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको तरकारीको मूल्य सार्वजनिक भएको छ।
  • ठूलो गोलभेडा र आलुको मूल्य र अन्य तरकारीको मूल्य प्रतिकिलो तोकिएको छ।
  • विभिन्न प्रकारका सागसब्जी, फलफूल, मसला र माछाको मूल्य पनि तोकिएको छ।

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको कृषि उपजको मूल्यसूचीअनुसार नेपाली ठुलो गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ  छ ।

भारतीय ठुलो गोलभेडा पनि प्रतिकिलो ८० रुपैयाँमै बिक्री हुनेछ । सानो लोकल गोलभेडा प्रतिकिलो ३५ रुपैयाँ, टनेलमा उत्पादन भएको सानो गोलभेडा प्रतिकिलो ४८ रुपैयाँ र भारतीय सानो गोलभेडा प्रतिकिलो ३५ रुपैयाँमा पाइने छ ।

आलु रातो प्रतिकिलो ५२ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ, मुडे आलु ४४ रुपैयाँ, सेतो आलु ४० रुपैयाँ तोकिएको छ । प्याज सुकेको भारतीय प्रतिकिलो ३९ रुपैयाँ छ भने गाजर स्थानीय १३० रुपैयाँ र तराईको गाजर प्रतिकिलो ११० रुपैयाँमा बिक्री हुने छ । स्थानीय बन्दा ६० रुपैयाँ, काउली ९० रुपैयाँ, रातो मुला ५० रुपैयाँ र सेतो मुला प्रतिकिलो ९० रुपैयाँ पुगेको छ ।

भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ र डल्लो भन्टा ३५ रुपैयाँमा तोकिएको छ । बोडी तने १२० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, घिउ सिमी १२० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, भटमासकोसा ९० रुपैयाँ, तितो करेला ६० रुपैयाँ र लौका पनि ६० रुपैयाँमा बिक्री हुने छ । त्यस्तै, परवर स्थानीय र तराई दुवै ७० रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौला ६० रुपैयाँ, झिगुनी १०० रुपैयाँ, पाकेको फर्सी ८० रुपैयाँ र हरियो फर्सी डल्लो ४० रुपैयाँ तोकिएको छ ।

सलगम, भिण्डी, सेतो मुला, भटमासकोशा लगायतका तरकारीहरू प्रतिकिलो ९० रुपैयाँभन्दा माथि पुगेका छन् । सखरखण्ड र बरेला १०० रुपैयाँसम्म पुगेका छन् भने पिँडालु प्रतिकिलो ८० रुपैयाँमा बिक्री हुने छ । स्कुस भने प्रतिकिलो २० रुपैयाँमै पाइने छ ।

सागसब्जीमा रायो साग १४० रुपैयाँ, पालुंगो साग १३० रुपैयाँ, चमसूर साग २०० रुपैयाँ, तोरीको साग ७० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरीलो ४०० रुपैयाँ, न्युरो ८० रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ र रातो बन्दा २०० रुपैयाँमा बिक्री हुने छ ।

जिरी साग १५० रुपैयाँ, सेलरी २५० रुपैयाँ, पार्सले प्रतिकिलो ९०० रुपैयाँ, सौफ साग ३०० रुपैयाँ, पुदिना ८०० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १२० रुपैयाँ, तोफु १४० रुपैयाँ, गुन्दुक ३०० रुपैयाँ, झोल स्याउ २५० रुपैयाँ, फुजी स्याउ ३०० रुपैयाँ, केरा दर्जनको १३० रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ, अनार ३५० रुपैयाँ र भारतीय सुन्तला १६० रुपैयाँमा बिक्री हुने छ ।

त्यस्तै, तरबुजा ७० रुपैयाँ, मौसम १६० रुपैयाँ, जुनार २५० रुपैयाँ, भुई कटहर प्रतिगोटा १६० रुपैयाँ, काक्रो १०० रुपैयाँ, निबुवा ६० रुपैयाँ, स्थानीय नासपाती ९० रुपैयाँ, चाइनिज नासपाती २२० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ, अम्बा ९० रुपैयाँ, लप्सी ८० रुपैयाँ, किवी ३०० रुपैयाँ, शरीफा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ ।

मसला र हरियो तरकारीतर्फ अदुवा १२० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ, हरियो खुर्सानी ७० रुपैयाँ, माछे खुर्सानी ९० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, भेडे खुर्सानी १०० रुपैयाँ, हरियो लसुन १५० रुपैयाँ, हरियो धनिया ६० रुपैयाँ, चाइनिज लसुन २२० रुपैयाँ, नेपाली लसुन १६० रुपैयाँ, छ्यापी सुकेको र हरियो दुवै २०० रुपैयाँमा तोकिएको छ ।

माछा तथा विशेष परिकारमा सुकेको माछा प्रतिकिलो १,००० रुपैयाँसम्म पुगेको छ भने ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा माछा २८० रुपैयाँ र छडी माछा २४० रुपैयाँ तोकिएको छ । रुख टमाटर २०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप