जेनजीको माग सम्बोधन गर्न अन्तरिम संविधान आवश्यक छः प्रभु साह
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले जेनजीको माग सम्बोधन र मुलुकमा देखिएको अहिलेको समस्या समाधानका लागि अन्तरिम संविधान आवश्यक भएको बताएका छन् ।
दसैँ, दीपावली, छठ पर्वको अवसरमा रौतहटको मर्यादपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले अन्तरिम सरकारको गठनले मात्रै जेनजी आन्दोलनको माग सम्बोधन गर्न नसकिने भएकाले त्यसका लागि अन्तरिम संविधान आवश्यक भएको बताएका हुन् ।
'अहिलेको संविधान र नेतृत्व दुवै फेल भयो । अहिलेकै संविधानले जेनजी आन्दोलनको माग सम्बोधन गर्न सकिँदैन । जेनजी आन्दोलनको माग सम्बोधन र मुलुकमा देखिएको अहिलेको संकट समाधानका लागि अन्तरिम संविधान आवश्यक छ,' साहले भने, 'जेनजीको मुख्य माग नै सम्बोधन नगरी उनीहरूसँग धोखा भएको छ । उनीहरुको माग सम्बोधन गर्न तत्काल अन्तरिम संविधान निर्माण गर्नुको विकल्प छैन ।'
अन्तरिम सरकार गठन गरेर टालटुल गर्न खोजिएकाले अहिलेको सरकारमा जेनजी वा जेनजी सहिद परिवारको तर्फबाट अनिवार्य सहभागिता हुनुपर्ने उनले बताए ।
'जुन वर्गको आन्दोलनले यस्तो परिवर्तन भयो त्यही वर्गको सरकारमा सहभागिता नहुनु दुःखद छ,' साहले भने ।
जेनजी आन्दोलनले अहिलेको व्यवस्था, संविधान र मुख्य दलको नेतृत्व अस्वीकार गरिसकेकाले यी तीन वटैको अनिवार्य रिप्लेस नभएसम्म मुलुकमा शान्ति, समृद्धि, सुशासन सम्भव नभएको उनको टिप्पणी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण