‘जडीबुटीको मूल्य पाइएन’
सारांश
- भोजपुरका किसानहरूले जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन्।
- विचौलियाका कारण किसानहरूले घाटा बेहोर्नु परेको र सरकारले मूल्य नतोकेको गुनासो छ।
- किसानहरूले जडीबुटीको बजार विस्तार र मूल्य निर्धारणमा सरकारको सहयोगको माग गरेका छन्।
भोजपुर । यहाँका कृषकले उत्पादित जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएको किसानको गुनासो छ ।
स्थानीयस्तरमा जडीबुटीको बजार मूल्यबारे ज्ञान नहुने र सरकारले समेत मूल्य नतोक्ने हुँदा विचौलियाले त्यसको लाभ लिइरहेको अधिकांशको भनाइ छ । स्थानीय जडीबुटी कृषक निमा शेर्पाले चिराइतो, सतुवा, अलैँचीलगायतको व्यावसायिक खेती गरिए पनि मूल्यका लागि विचौलियाकै भर पर्नुपर्दा घाटा भइरहेको सुनाए ।
जिल्लाको माथिल्लो भेगका किसानले चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बालगायत जडीबुटीको खेती गर्दै आएका छन् । चिराइतोको मूल्य बढेपछि किसान यसतर्फ आकर्षित भएका छन्, तर सरकारले मूल्य नतोक्दा विचौलियाको बोलीका आधारमा बेच्नु परिरहेको कृषक पासाङ शेर्पाको गुनासो छ ।
उनले भने, “गाउँमा हल्लाको भरमा मूल्य तोकिने गरेको छ । त्यही मूल्यमा बेच्छौँ, पछि थाहा हुन्छ कि हामीले त घाटामा बेचेका रहेछौँ । यसले मारमा छौँ ।”
यस्तो समस्या समाधानका लागि सरकारी निकायले मूल्य तोकेर बजार बिस्तारका लागि सहजीकरण गरिदिनुपर्ने किसानहरूको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण