आन्तरिक उडानको उच्चतम भाडादर सार्वजनिक (सूचीसहित)
सारांश
- नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ।
- काठमाडौँ-धनगढीको भाडा १७ हजार ५७९ रुपैयाँ र काठमाडौँ-सिमराको ३ हजार ९७८ रुपैयाँ तोकिएको छ।
- दशैं, तिहार र छठमा हवाई टिकटको महँगो भाडादर नियन्त्रण गर्न प्राधिकरणले निर्देशन दिएको छ।
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ ।
असोज १६ गते सूचना जारी गर्दै प्राधिकरणले आन्तरिक उडानको भडादर सार्वजनिक गरेको हो ।
प्राधिकरणले सार्वजनिक गरेको भाडादर अनुसार सबैभन्दा धेरै भाडा काठमाडौँ–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौँ–सिमराको ३ हजार ९७८ रुपैयाँ रहेको छ ।
दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्ने भन्दै प्राधिकरणले देशभित्रका विभिन्न स्थानको अधिकतम भाडादर सार्वजनिक गरेको जनाएको छ ।
प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरूबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालालाई निर्देशन दिएको दाबी गरेको छ ।
प्राधिकरणले तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण