यस वर्षको मनसुन केही ढिला बाहिरिने
सारांश
- नेपालमा मनसुन ढिलो बाहिरिने भएको छ, किनकि यो समयमै सुरु भए तापनि पछि फेरि सक्रिय भएको छ।
- मौसमविद्का अनुसार, मनसुन अक्टोबर २ मा बाहिरिने अनुमान थियो, तर यसपटक ढिला हुने संकेत देखिएको छ।
- बंगालको खाडीबाट आएको न्यून चापीय प्रणालीका कारण आजदेखि केही दिन भारी वर्षा हुने सम्भावना छ।
काठमाडौँ । नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने बताए ।
मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्युन चापीय प्रणालीका कारण आज अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको उनले जानकारी दिए ।
वरिष्ठ मौसमविद् अर्यालले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमशः सुधार हँदै जाने बताए । “त्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन बाहिरिने कुराको निर्धारण गर्छ”, उनले भने ।
यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा बिस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म फेलिएको थियो । असार ६ देखि भने देशभर फैलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश
-
कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
-
सरकारको हनिमुन पिरियड सकियोः जस्तो थियो उस्तै छ फेवाताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण