एमालेले महाधिवेशन मिति तोक्न लागेको हो ?
सारांश
- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असोज २७ र २८ गते काठमाडौँमा बस्ने भएको छ।
- बैठकका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालय बैठक बोलाइएको छ।
- जेनजी आन्दोलनपछि ओलीले नेतृत्व छाड्नुपर्ने माग बढेपछि महाधिवेशनको तयारी हुँदैछ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असोज २७ र २८ गते काठमाडौँमा बस्दैछ । केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालय बैठक बोलाइएको छ ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि सत्ताच्युत हुन पुगेको एमाले र सो पार्टीका अध्यक्ष केपी ओलीले असोज १२ गते पहिलो पटक सचिवालय बैठक बोलाएका थिए ।
सोही बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्दै उक्त बैठकमा छलफल गर्ने एजेन्डा तय गर्न दशैकै(असोज १९ र २० ) मा सचिवालय बैठक बोलाएको हो ।
उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठक डाकिएको छ । उनका अनुसार सम्भवतः केन्द्रीय कमिटी बैठकले ११ राष्ट्रिय महाधिवेशनको मिति समेत तोक्नेछ ।
‘सम्भवतः हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दैछौं । केन्द्रीय कमिटीले यस विषयमा निर्णय लिन सक्छ’ ज्ञवालीको भनाइ छ । जेनजी आन्दोलनपछि एमालेमा ओलीले नेतृत्व छाड्नुपर्ने माग बढ्दो छ । तर ओली नेतृत्व त्यतिकै नछाड्ने बरु महाधिवेशन फेस गर्ने तयारीमा लागेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण