शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
लगातारको वर्षाले काठमाडौँको जनजीवन अस्तव्यस्त (तस्बिरहरू)
फोटो फिचर

लगातारको वर्षाले काठमाडौँको जनजीवन अस्तव्यस्त (तस्बिरहरू)

शनिबार, १८ असोज २०८२

काठमाडौँ ।  शुक्रवार बेलुकीदेखि परेको पानीका कारण काठमाडौँको जनजीवन अस्तव्यस्त बनेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि वर्षाको मात्रा बढेको छ।

अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

rain (2)

पछिल्लो एक घण्टामा पर्सामा १० र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ । महोत्तरी र धनुषासम्म वर्षा भइरहेको जनाइएको छ । पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार १२ घण्टामा पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको छ ।

rain (3)rain (4)rain (5)rain (6)rain (7)rain (8)rain (9)rain (10)rain (11)rain (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया