दशैँ बिदामा घर गएका ट्राफिक प्रहरीको गाडीको ठक्करबाट मृत्यु
शनिबार, १८ असोज २०८२, १२ : १६
सारांश
- रौतहटमा दशैँ बिदामा घर गएका ट्राफिक प्रहरी शंकर बलायरको गाडीको ठक्करबाट मृत्यु भएको छ।
- डोटीका ३५ वर्षीय बलायर जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए।
- प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ र ठक्कर दिने सवारी तथा चालकको खोजी गरिरहेको छ।
रौतहट । दशैँ बिदामा घर गएका ट्राफिक प्रहरी शंकर बलायरको गाडीको ठक्करबाट मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका–८ तिलताली घर भएका ३५ वर्षीय बलायर हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए।
बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारामा दरबन्दी भई रौतहटमा सेवा दिइरहेका थिए। दशैँ मनाउन केही दिनअघि उनी गृह जिल्ला डोटी पुगेका थिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले बलायर शुक्रबार साँझ मृत्य भेटिएको बताए ।
घटनापछि ठक्कर दिने सवारीसहित चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा र सहकर्मीहरूले बलायरलाई अनुशासित र कर्तव्यनिष्ठ प्रहरीका रूपमा स्मरण गर्दै उनको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण