मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधन हेटौँडामा रोकिए
शनिबार, १८ असोज २०८२, १६ : १५
सारांश
- लगातार वर्षा र पहिरोको जोखिमका कारण मकवानपुर हुँदै काठमाडौं जाने सयौं सवारी साधन हेटौँडामा रोकिएका छन्।
- प्राधिकरणको सूचना अनुसार भारी वर्षा र सडक अवरोधका कारणले सवारी साधनलाई रोकिएको हो।
- हेटौँडाबाट काठमाडौं जोड्ने सडकखण्डमा ढुंगा खस्ने र पहिरो जाने क्रम बढेकोले सवारी साधनलाई रोकिएको हो।
हेटौँडा । लगातार वर्षा र पहिरोको जोखिमका कारण मकवानपुर हुँदै काठमाडौं जाने सयौं सवारी साधन हेटौँडामा रोकिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जारी गरेको सूचनाअनुसार आगामी तीन दिनमा अपेक्षित भारी वर्षा र त्यसपछि उत्पन्न हुन सक्ने पहिरो, बाढी तथा सडक अवरोधका कारण राजधानी काठमाडौं जाने सवारी साधनलाई सुरक्षा कारणले रोकिएको हो।
शनिवार विहानैदेखि निरन्तर वर्षा भइरहेको र हेटौँडाबाट काठमाडौं जोड्ने सडकखण्डमा खतरा बढेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले वडा नम्बर १, चौकिटोलमा सवारी साधन रोकेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौँडाबाट काठमाडौं जोड्ने सडकका विभिन्न स्थानमा ढुंगा खस्ने र पहिरो जाने क्रम बढेकोले सुरक्षा जोखिमका कारण सवारी साधनलाई हेटौँडामै रोकिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण