हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीका २ सडक पहिरोले अवरुद्ध
सारांश
- लगातार वर्षाले हेटौँडा-काठमाडौं जोड्ने छोटो दूरीका सडकखण्डहरूमा पहिरो र बाढीका कारण यातायात अवरुद्ध भएको छ।
- फाखेल-हुमाने सडकखण्ड पहिरो पन्छाएपछि खुलेको छ भने सिस्नेरी र कान्ति लोकपथमा सडक अवरुद्ध छ।
- प्रशासनले २० गतेसम्म हेटौँडा-काठमाडौं जोड्ने सडकमा यात्रा रोक्ने निर्णय गरेको छ।
हेटौँडा । लगातार वर्षाका कारण हेटौँडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीका ३ वटा सडकखण्डमा उच्च जोखिम देखिएको छ। तीमध्ये २ सडकखण्ड पहिरोले पूर्ण रूपमा अवरुद्ध भएका छन्।
मकवानपुरको इन्द्रसरोवर र भीमफेदी गाउँपालिकाभित्र पर्ने फाखेल, सिस्नेरी र कान्ति लोकपथमा पहिरो र खोलाबाट आएको बाढीका कारण यातायात प्रभावित भएको छ। जोखिमका बीच संचालनमा रहेको फाखेल–हुमाने सडकखण्ड भने केही बेरअघि पुनः खुलाइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मी खोलास्थित फाखेल–हुमाने सडकखण्ड दिउँसो १ बजे पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको थियो। माथिबाट खसेको ढुङ्गा, माटो र लेदो पन्छाएपछि अपरान्ह ४ बजेदेखि सडक पुनः सञ्चालनमा आएको छ।
त्यसैगरी, इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी बजारमा दिउँसो ३:३५ बजे डोढारे खोलाको पानी सडकमा आएपछि कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ। खोलाको पानी सडकमा बगिरहेकाले यातायात ठप्प भएको र बाटो खुलाउने प्रयासका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, भीमफेदी गाउँपालिका–८, बगुवा खोला नजिक कान्ति लोकपथमा पनि दिउँसो ३:३५ बजे पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको छ। वर्षाका कारण माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेको हो। सडक सुचारु गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
त्रिभुवन राजपथ भने सञ्चालनमा रहेको छ, तर प्रहरीले अत्यावश्यक बाहेक यात्रा गर्न रोक लगाएको छ। प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौं जोड्ने सबै सडकमा २० गतेसम्म यात्रा रोक्ने निर्णय गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण