खोलामा डुबेर ३ वर्षीया बालिकाको मृत्यु
शनिबार, १८ असोज २०८२, १८ : ५७
सारांश
- उदयपुरको अम्बिका खोलामा डुबेर ३ वर्षीया बालिकाको मृत्यु भएको छ।
- मृत्यु हुने बालिका रौतामाई गाउँपालिकाकी हुन्, जो हाल त्रियुगा नगरपालिकामा बस्दै आएकी थिइन्।
- प्रहरीले घटनाको जानकारी पाएपछि आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धान गरिरहेको छ।
उदयपुर। उदयपुरमा खोलामा डुबेर एक ३ वर्षीया बालिकाको मृत्यु भएको छ। शनिबार बिहान त्रियुगा नगरपालिका वडा नं. ०५, दमौतीस्थित अम्बिका खोलामा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुने बालिका रौतामाई गाउँपालिका वडा नं. ०३ पाकाना सैलेनी घर भई हाल त्रियुगा नगरपालिका-०५, दमौती बस्दै आएकी उजन राईकी छोरी रेबिका राई हुन्।
घर नजिकैको अम्बिका खोलामा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जानकारी स्थानीयले टेलिफोनमार्फत प्रहरीलाई गराएका थिए।
सूचना प्राप्त हुनासाथ उक्त स्थानमा तत्काल प्रहरी टोली खटिएर पुगेको थियो। प्रहरीले मृतक बालिकाको शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण