कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
सारांश
- आजको पञ्चाङ्ग अनुसार वि.सं.२०८३ साल असार ५ गते शुक्रबार, इस्वी सन् २०२६ जुन १९ तारिख हो ।
- मेष राशिलाई स्वास्थ्य सम्बन्धी समस्याले काममा बाधा पुग्नेछ भने वृष राशिलाई दाजुभाइको सहयोगले राम्रो काम हुनेछ ।
- मिथुन राशिको व्यवसाय फस्टाएर जानेछ भने कर्कट राशिको व्यापार तथा शेयर बजारबाट लाभ लिन सकिनेछ ।
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असार ५ गते । शुक्रबार । इस्वी सन् २०२६ जुन १९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । जेठ शुक्लपक्ष । तिथि–पञ्चमी, ४३ घडी ७ पला, बेलुकी १० बजेर २५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–अष्लेषा, २६ घडी १७ पला, दिउँसो ३ बजेर ४१ मिनेट उप्रान्त मघा । योग–हर्षण,३८ घडी ४५ पला, बेलुकी ८ बजेर ४० मिनेट उप्रान्त बज्र । करण–बव, बिहान ११ बजेर १३ मिनेट उप्रान्त बालव, बेलुकी १० बजेर २५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मृत्यु योग । चन्द्रराशि–कर्कट, दिउँसो ३ बजेर ४१ मिनेट उप्रान्त सिंह ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ७ बजेर ० मिनेट । दिनमान ३४ घडी ३५ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर १० मिनेटसम्म चर बेला ।
- बिहान ५ बजेर ११ मिनेटदेखि बिहान ६ बजेर ५४ मिनेटसम्म लाभ बेला ।
- बिहान ६ बजेर ५५ मिनेटदेखि बिहान ८ बजेर ३८ मिनेटसम्म अमृत बेला ।
- बिहान ८ बजेर ३९ मिनेटदेखि बिहान १० बजेर २१ मिनेटसम्म काल बेला ।
- बिहान १० बजेर २२ मिनेटदेखि बिहान १२ बजेर ५ मिनेटसम्म शुभ बेला ।
- दिउँसो १२ बजेर ६ मिनेटदेखि दिउँसो १ बजेर ४९ मिनेटसम्म रोग बेला ।
- दिउँसो १ बजेर ५० मिनेटदेखि दिउँसो ३ बजेर ३३ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो ३ बजेर ३४ मिनेटदेखि बेलुकी ५ बजेर १६ मिनेटसम्म चर बेला ।
- बेलुकी ५ बजेर १७ मिनेटदेखि बेलुकी ८ बजेर १६ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर २१ मिनेटदेखि दिउँसो १२ बजेर ५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहुर्त
बिहान ३ बजेर ३४ मिनेटदेखि बिहान ४ बजेर २२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइबाट टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरू सक्रिय भएर लाग्नेछन् । बौद्धिक समारोहमा भाग लिने अवसर आए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । तर पनि कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाईको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यम बाट धेरै कामहरू गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार तथा शेयर बजारबाट लाभ लिन सकिनेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। पढाइ साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको योग रहेको छ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कम मात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । तर पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । तर पनि लामो दुरीको यात्रा हुनेछ । छोटो दुरीको धार्मिक यात्रा हुने तथा धार्मिक सामाग्रीको व्यापारबाट लाभ लिन सकिनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्याङ्कन होला। शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दाजुभाइ तथा आफन्तहरूले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तिको गतिलो योग रहेको छ । भविष्यका लागी काम गर्न सकिने समय रहेको छ । प्रेमको डोरो कसिलो भएर जानेछ । शेयर बजारमा आज गरिने लगानी भविष्यको लागी आम्दानीको स्रोत बन्नेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ भने थप लगानी बढाउने वातावरण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बिच विश्वास बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलतापूर्वक जिम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईंको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ । धार्मिक यात्राको योग रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुँदा अरूभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाइ लखाइमा ध्यान नजाँदा अरूकै नाम अग्र स्थानमा आउनेछ । साँझपख माया प्रेममा नजिक हुन सकिनेछ । धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ भने बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रसङ्गमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृढ हुनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउने समय रहेको छ । शत्रुले दुख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । विवाद तथा न्यायिक निर्णयहरूबाट हुने सुनुवाइ तपाईँकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ । बैक तथा वित्तीय क्षेत्र वा शेयर बजारबाट लाभ लिन सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र तथा वित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रूपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेको छ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्को पहुँच बाहिर
-
नुहाउनेबित्तिकै पानी पिउन हुन्छ कि हुन्न ?
-
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
-
काठमाडौँ महानगरमा आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर
-
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, एक समूहद्वारा बहिष्कारको तयारी
-
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण