शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सबै तहका सरकारलाई प्रभावकारी रूपमा उद्धार, पुनःस्थापना र उपचारका काममा खटिन लिङ्देनको आग्रह

शनिबार, १८ असोज २०८२, १९ : ३७
शनिबार, १८ असोज २०८२

सारांश

  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षाका कारण जनजीवन प्रभावित भएको भन्दै सरकारलाई उद्धारमा खटिन आग्रह गरे।
  • उनले बाढी, पहिरो र डुबानबाट पीडित नागरिकलाई उद्धार, पुनःस्थापना र उपचारको व्यवस्था गर्न ध्यानाकर्षण गराए।
  • लिङ्देनले राप्रपाका नेता तथा कार्यकर्तालाई उद्धार र सहयोगका कार्यमा सक्रिय रहन आह्वान गरे।

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अविरल वर्षाका कारण देशभर जनजीवन प्रभावित भएको भन्दै सबै तहका सरकारलाई प्रभावकारी रूपमा उद्धार, पुनःस्थापना र उपचारका काममा खटिन आग्रह गरेका छन्।

शनिबार जारी विज्ञप्तिमा अध्यक्ष लिङ्देनले वर्षातका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपद्को यस घडीमा सरकारको सक्रिय उपस्थिति आवश्यक रहेको बताएका छन्।

उनले भनेका छन्, 'प्राकृतिक विपदको यस घडीमा सबै तहका सरकारको प्रभावकारी उपस्थिति र सक्रियता अपेक्षित रहन्छ। बाढी, पहिरो र डुबानबाट पीडित नागरिकलाई उद्धार, पुनःस्थापना एवं उपचारको व्यवस्था गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँछ।'

लिङ्देनले अविरल वर्षाले थप क्षति पुर्‍याउन सक्ने सम्भावनाबारे चनाखो रहन र सुरक्षाका उपायहरू अपनाउन आमनागरिकलाई अपिल गरेका छन्।

त्यस्तै उनले राप्रपाका सबै तहका नेता र कार्यकर्तालाई पनि आफ्नो ठाउँबाट उद्धार र सहयोगका कार्यमा सक्रिय रहन आह्वान गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप