बीपी राजमार्गको ९ भन्दा बढी स्थानमा कटान
सारांश
- लगातारको वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको काभ्रेखण्डमा ९ भन्दा बढी स्थानमा सडक कटान गरेको छ।
- रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न स्थानमा सडक कटान भएको छ, जसले गर्दा यातायात अवरुद्ध भएको छ।
- प्रहरी टोलीले वैकल्पिक मार्गको सम्भाव्यता अध्ययन र यात्रुहरूको सुरक्षा तथा सहजीकरण गरिरहेको छ।
काभ्रे। लगातारको वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको काभ्रेखण्डमा ९ भन्दा बढी स्थानमा सडक कटान गरेको छ।
रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न स्थानमा सडक कटान भएको हो।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार असोज १८ गते साँझ ५ः४५ बजेतिर बाढीले ठुलो क्षति पुर्याएको छ। रोशी गाउँपालिका–९ स्थित बोक्सिकुनामा खोलाले करिब २०० मिटर सडक कटान गरेको छ। यस्तै, रोशी गाउँपालिका–७ को घुमाउनेमा १५ मिटर र नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा करिब २० मिटर सडक बगाएको छ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–११ को बुलढुंगा र डालाबेसीमा १०० मिटर तथा पिप्लेमा करिब ५० मिटर सडक पनि कटान भएको छ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यकाबाट पूर्वी जिल्लातर्फ जाने र आउने लामो तथा छोटो दूरीका यात्रुहरू मर्कामा परेका छन्। प्रहरी निरीक्षक कार्कीको कमान्डमा खटिएको टोलीले वैकल्पिक मार्गको सम्भाव्यता अध्ययन र यात्रुहरूको सुरक्षा तथा सहजीकरणमा काम गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति
-
तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सन
-
माउन्ट एल्ब्रसको शिखरमा नेपाली स्पेशालिटी कफी, दाबुटी शेर्पाले गरिन् विश्वसामु प्रवर्द्धन
-
आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने मन्त्री वादीको घोषणा
-
प्रतिशतमा घटे पनि शिक्षा र खेलकुदको बजेट गत वर्षभन्दा ७ अर्ब बढी : मन्त्री पोखरेल
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने विधेयक पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण