अरनिको राजमार्गमा वैकल्पिक मार्ग प्रयोग गरी ३५० सवारी साधनलाई गन्तव्यतर्फ पठाइयो
मकवानपुर। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण अरनिको राजमार्गका विभिन्न खण्डमा पहिरो र बाढीले यातायात प्रभावित भएको छ। काभ्रेको धुलिखेल, भुम्लु र बनेपा क्षेत्रमा राजमार्ग अवरुद्ध भएको हो।
धुलिखेल नगरपालिका-८, पाकुचामा सडकमाथिबाट लेदोसहितको पहिरो खसेको थियो। निरन्तरको प्रयासपछि पहिरो पन्छाएर सो खण्डमा एकतर्फी सवारी सञ्चालन गरिएको वडाध्यक्ष विनोद गौतमले जानकारी दिएका छन्।
यस्तै, भुम्लु गाउँपालिकाको दोलालघाटमा खसेको पहिरो पन्छाएर पनि राजमार्ग एकतर्फी खोलिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। सो क्षेत्रमा १५ जनाको प्रहरी टोली खटिएको छ।
बाढी र पहिरोका कारण रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काठमाडौँतर्फ जाँदै गरेका करिब ३५० सवारी साधनलाई प्रहरीले वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाएको छ।
बनेपाको पुलबजार र धनेश्वर क्षेत्रमा पुण्यता खोलाको बाढीले राजमार्ग डुबानमा पर्दा साना सवारी साधन प्रभावित भएका छन्। ती सवारीलाई बनेपा नालाको बाटोलाई वैकल्पिक मार्ग बनाई पठाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण