लामो समयदेखि प्रभावित प्रसारण लाइन निर्माण सुरु
सारांश
- तनहुँ जलविद्युत् आयोजनाको प्याकेज-३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम पुनः सुरु भएको छ।
- वन क्षेत्रको जग्गा प्रयोग र रुखबिरुवा हटाउन स्वीकृती नपाउँदा प्रसारण लाइन निर्माण प्रभावित भएको थियो।
- चितवनमा प्रसारण लाइन निर्माणका लागि जग्गा सट्टाभर्ना उपलब्ध गराउने विषयमा बैठक सम्पन्न भयो।
तनहुँ । लामो समयदेखि प्रभावित रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम पुनः सुरु भएको छ । आयोजना र निर्माण व्यवसायीबाट संयुक्त रुपमा प्रसारण लाइन निर्माण क्षेत्रको भ्रमण गरी जग्गा अधिग्रहण र वन क्षेत्रको प्रयोगमा रहेको समस्या सम्बोधनको पहल गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउनका लागि आयोजनाले सम्बन्धित निकायहरुसँग आवश्यक परामर्श, समन्वय र सहजीकरण गरिरहेको भण्डारीको भनाइ छ । वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृती नपाउँदा प्रसारण लाइन निर्माण प्रभावित भएको थियो ।
दमौली भरतपुर २२० केभी प्रसारण लाइनअन्तर्गत चितवनमा प्रसारण लाइन निर्माण गर्दा प्रयोग भएको वन क्षेत्रको जग्गा सट्टाभर्ना उपलब्ध गराउने विषयमा वन नियमावलीमा भएको व्यवस्था बमोजिम हालै चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जग्गा प्राप्ति सहजीकरण समितिको बैठक बसेको थियो ।
बैठकमा चितवन जिल्लामा प्रसारण लाइन निर्माण गर्दा प्रयोग गरिने जग्गा सट्टाभर्ना उपलब्ध गराउने प्रयोजनार्थ राष्ट्रिय वनसँग जोडिएको, सम्भव भएसम्म समान भौगोलिक र पारिस्थितिकीय क्षेत्र रहेको, वन विकास गर्न सकिने भूबनोट भएको तथा एकै स्थानमा रही एकआपसमा जोडिएको चक्लाबन्दी भएको निजी जग्गा नेपाल सरकारको नाममा रजिष्ट्रेसन पास गर्ने गरी जग्गा बिक्री गर्न गराउन इच्छुक जग्गाधनीहरुलाई पुनः सार्वजनिक सूचनामार्फत आह्वान गर्ने निर्णय भएको छ ।
समितिको बैठकबाट सट्टाभर्नाका लागि आयोजनालाई आवश्यक पर्याप्त जग्गा प्राप्त हुन नसकेको बेहोरो वन तथा भूसंरक्षण विभागलाई र वन नियमावलीमा भएको व्यवस्था बमोजिम जग्गा प्रयोग गरेबापतको रकम जम्मा गर्न आयोजनालाई सिफारिस गर्ने निर्णय भएको जनाइएको छ ।
प्रसारण लाइन निर्माणतर्फ हालसम्म ७४ प्रतिशत प्रगति भएको छ । प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७८ वटा टावरको जग हाल्ने र ६९ वटा टावर जडान सम्पन्न भइसकेको छ । २२ वटा टावरहरुको जग संरक्षण सम्पन्न भएको र दुई स्थानमा जारी रहेको भण्डारीले बताए ।
केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मे सम्म सम्पन्न गर्ने लक्ष्य राखिएपनि कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृती वन मन्त्रालयबाट प्राप्त हुन ढिलाई हुँदा सम्झौताको म्याद थप गरिएको थियो ।
प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता ९२३ रोपनी पाँच आना० जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ मा पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण