सप्तकोशीमा पानीको बहाव उच्च, रेड अलर्ट जारी
आइतबार, १९ असोज २०८२, ११ : ०७
विराटनगर । सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । कोशी ब्यारेजमा अहिले पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक रहेको जनाइएको छ । पानीको बहाव बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ भने ब्यारेजका ५६ वटै ढोका खुलेको छ ।
ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्वरूपले प्रतिबन्ध लगाइएको छ । गत वर्षको असोजमा पानीको बहाव प्रतिसेकेन्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको थियो । यो सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो ।
कोशी ब्यारेजमा ढाँट लगाएर सप्तरी र सुनसरी दुवै तर्फबाट आवागमनमा रोक लगाइएको छ । पानीको सतह पुल सम्म आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण