मकवानपुर–काठमाडौँ जोड्ने फाखेल एकतर्फी सञ्चालन
सारांश
- अविरल वर्षाका कारण मकवानपुर हुँदै काठमाडौँ जोड्ने सडक मार्ग अवरुद्ध भएका छन्।
- शनिबार हेटौँडामा रोकिएका सवारी साधनलाई भीमफेदी-कुलेखानी-फाखेल फर्पिङ सडक हुँदै गन्तव्यतर्फ पठाउन थालिएको छ।
- त्रिभुवन राजपथ, कान्ति लोकपथ र सिस्नेरी सडकमा पहिरो र बाढीका कारण अवरोध कायमै छ।
हेटौँडा । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर हुँदै काठमाडौँ जोड्ने अधिकांश सडक मार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुर काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–फाखेल फर्पिङ सडक एकतर्फी सञ्चालन रहेको छ भने त्रिभुवन राजपथ, कान्ति लोकपथ र सिस्नेरी सडकमा अवरोध कायमै छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले सडक अवरुद्ध भएपछि शनिवारदेखि हेटौँडामा रोकिएका सवारी साधनलाई भीमफेदी-कुलेखानी फाखेल फर्पिङ सडक हुँदै गन्तव्यतर्फ पठाउन थालिएको छ ।
उनका अनुसार शनिवार हेटौँडामै रोकिएका करिब ५० वटा यात्रुवाहक सवारीमध्ये बिहान ९ : ३० बजेसम्म करिब १५ : २० वटा सवारीसाधन काठमाडौँ प्रस्थान गरेका छन् ।
प्रहरी निरीक्षक सापकोटाले शनिवारदेखि रोकिएका सवारीसाधनलाई पहिलो प्राथमिकता दिएर काठमाडौं पठाइएको बताए । उनले त्रिभुवन राजपथका केही स्थानमा सडकमा ढुङ्गा खसेर अवरुद्ध भएको छ भने केही स्थानमा रुख नै ढलेका छन् ।
यस्तै कान्ति लोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर ८ बगुवा खोला नजिक बनाइएको डाइभर्सनमा सडक माथिबाट ढुङ्गा,माटो लेदो सहितको पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
यता भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली सडक खण्ड अन्तर्गत सिस्नेरीमा डोढारे खोलामा आएको बाढीले क्षति पुर्याउँदा सडक अवरुद्ध बनेको छ । यस्तै यसै सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा सडकमाथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
प्रहरी निरीक्षक सापकोटाले अहिले भीमफेदी–कुलेखानी–फाखेल फर्पिङ सडकबाट मात्रै यात्रा गर्न सकिने बताए । उनले यस मार्ग अन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ महालक्ष्मी खोला नजिकै सडकमाथिबाट पहिरो खसिरहने समस्या भएकाले सावधानीपूर्वक यात्रा गर्नुपर्ने बताए ।
प्रहरी निरीक्षक सापकोटाले यात्रा गर्नुपूर्व जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजनमा सम्पर्क गरेर मात्रै यात्रा गर्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण