बागमती नदीमा डुबेर एक जनाको मृत्यु
रौतहट । रौतहटमा शनिबार बिहान बागमती नदीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्धलाई उद्धार गरिएको छ ।
माधवनारायण नगरपालिका–८ का हरिवंश रायकी श्रीमती ७५ वर्षीया पन्मादेवी राय दाउरा टिप्ने क्रममा शनिबार बिहान करिब ९ः३० बजे घरदेखि करिब २ किलोमिटर उत्तर–पूर्वमा रहेको बागमती खोलामा डुबेकी थिइन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार स्थानीयवासी र प्रहरीको सहयोगमा उनको शव खोलाको किनारमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय पिपरारजवाडाबाट खटिएको प्रहरी टोलीका अनुसार शवको मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट टोली पुगिसकेको छ ।
त्यस्तै गढीमाई नगरपालिका–५ बागमती नदी किनारमा दाउरा निकाल्ने क्रममा अन्दाजी ६५ वर्षीय बिगन राय यादवलाई नदीले बगाएको थियो ।
घटनापछि स्थानीयवासी र सशस्त्र प्रहरी बल सन्तपुरको टोलीले उनलाई उद्धार गरी गढीमाई नगरपालिका–१ स्थित भरत मेडिकलमा उपचारका लागि पुर्याएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले जानकारी दिए । उनका अनुसार यादवको स्वास्थ्य अवस्था सामान्य छ ।
निरन्तर वर्षा र बाढीका कारण बागमती र लालबकैया नदीमा पानीको सतह तीव्र रूपमा बढेपछि नदी किनारका बस्ती उच्च जोखिममा परेका छन् । शनिबार परेको अविरल वर्षा र बाढीले गढीमाई, वृन्दावन, मौलापुर, बौधिमाई, माधवनारायण, ईशनाथ नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका नदी किनार नजिकका वडाहरूमा ठुलो क्षति पुर्याएको छ ।
पूर्वतर्फ बागमती र पश्चिमतर्फ लालबकैया नदीका थुप्रै स्थानमा बाँध फुट्दा सयौँ घर डुबानमा परेका छन् । प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका छुट्टाछुट्टै टोलीले उद्धार कार्य जारी राखेका छन् ।
प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काका अनुसार वर्षाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरको १ र २ नम्बर लचका क्षेत्रमा पानीको तेज बहावका कारण साना गाडीहरूको आवाजजावत रोकिएको छ ।
त्यसैगरी गुजरा नगरपालिका अन्तर्गत लमहा खोलामा आएको बाढीले बालचनपुर–जंगलसहिया सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण