शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

च्यासल पुलको अवरोध सेनाले हटायो

आइतबार, १९ असोज २०८२, १३ : ०७
आइतबार, १९ असोज २०८२

सारांश

  • ललितपुर महानगरपालिका-९ स्थित च्यासल पुलमा अड्किएको रुख सेनाले हटाएको छ।
  • बाढीले बगाएर ल्याएको रुखका कारण पुल जोखिममा परेको थियो।
  • सेनाको उद्धार टोलीले बाढी प्रभावित क्षेत्रमा निगरानी गरिरहेको छ।

काठमाडौँ । ललितपुर महानगरपालिका–९ स्थित च्यासल पुलको अवरोध सेनाले हटाएको छ । बागमतीले बगाएर ल्याएको रुख पुलमा अड्किएर पुल जोखिममा परेको थियो । राजदल गणबाट खटिएको फौजले सो अवरोध हटाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बाढी प्रभावित बागमती नदीको तटीय क्षेत्रमा सेनाको उद्धार टोलीले निरन्तर निगरानी गरिरहेको छ । शुक्रवार रातिदेखि परेको अविरल वर्षा उपत्यकामा आइतबार बिहानबाट रोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप