१३ वटा हाइड्रोपावरका १०५.४ मेगावाट विद्युत् उत्पादन बन्द (विवरणसहित)
सारांश
- अविरल वर्षापछि आएको बाढी पहिरोले इलामका १३ हाइड्रोपावर बन्द भएका छन्।
- बन्द भएका हाइड्रोपावरबाट १०५.४ मेगावाट बिजुली उत्पादन ठप्प भएको छ।
- निर्माणधीन ५ हाइड्रोपावर पनि प्रभावित भएका छन्, जसमध्ये ४ वटाको उत्पादन डिले हुनेछ।
काठमाडौँ । अविरल वर्षापछि आएको बाढी पहिरोले इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ । ती आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको हो ।
ऊर्जा मन्त्रालयका अनुसार ४ दशमलव ५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला,जोगमाइखोला, तल्लो जोगमाई माइवेनी लगायतका हाइड्रोपावरको उत्पादन बन्द भएको हो । त्यस्तै पाँचथर इलाम र सिन्धुपाल्चोकका निर्माणाधीन हाइड्रोपावर पनि प्रभावित भएका छन् । निर्माणाधीन पाँच हाइड्रो पावरमध्ये चार वटाको उत्पादन डिले हुने मन्त्रालयले जनाएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले पनि १०५.४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द भएको जनाएको छ । यस्तै निर्माणाधीन अवस्थाका ९३ मेगावाट क्षमताका ५ वटा आयोजना बाढीले क्षति पुर्याएको इप्पानको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण