छानबिन पूरा नभएसम्म म जेलमै बस्न तयार छु : सोनम वाङचुक
सारांश
- प्रख्यात वातावरण अभियन्ता सोनम वाङचुक हाल जोधपुर जेलमा छन्, उनले लद्दाख र भारतका जनतालाई सन्देश पठाए।
- वाङचुकले प्रदर्शनमा ज्यान गुमाउनेहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै न्यायिक छानबिनको माग गरेका छन्।
- उनले लद्दाखको हितमा सर्वोच्च निकायका कदमलाई समर्थन गर्ने बताएका छन्, जसले राज्यको मागलाई जोड दिन्छ।
नयाँ दिल्ली । भारतका चर्चित वातावरण अभियन्ता सोनम वाङचुक यतिबेला राजस्थानको जोधपुर केन्द्रीय जेलमा छन् । शनिबार अक्टोबर ४ मा सोनम वाङचुकका दाजु त्सेतन दोर्जे र वकिल मुस्तफा हाजीले उनलाई जेलमा भेटेका थिए ।
यसक्रममा सोनम वाङचुकले लद्दाख र भारतका जनतालाई सन्देश पठाए । सन्देशमा उनले आफू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र सबै मानिसले आफूप्रति व्यक्त गरेको चिन्ता र प्रार्थनाको लागि आभार व्यक्त गरेका थिए ।
सन्देशमा वाङचुकले प्रदर्शनमा ज्यान गुमाउनेहरूका परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते वा पक्राउ परेकाहरूका लागि प्रार्थना गरेको बताए । प्रदर्शनका क्रममा भएको चार सदस्यहरूको मृत्युको स्वतन्त्र न्यायिक छानबिन हुनुपर्ने र त्यो नभएसम्म आफू जेलमै बस्न तयार भएको पनि उनले बताए ।
आफू सर्वोच्च निकाय, केडीए र लद्दाखका जनताको संवैधानिक अधिकार– छैटौँ अनुसूची र राज्यको वास्तविक मागमा पूर्ण रूपमा उभिएको भन्दै सर्वोच्च निकायले लद्दाखको हितमा चाल्ने कुनै पनि कदमलाई हृदयदेखि समर्थन गर्ने पनि बताएका छन् ।
सेप्टेम्बर २४ मा लेहमा पूर्ण राज्यको दर्जा र लद्दाखको छैटौँ अनुसूचीमा समावेशको माग गर्दै हिंसात्मक विरोध प्रदर्शनहरू भएको थियो । आन्दोलनको नेतृत्व वाङचुङ र उनको वातावरण संस्थाको नेतृत्वमा भएको थियो । यस घटनापछि प्रहरीले वाङचुकलाई उनको गाउँ उलेटोकपोबाट पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण