विपद्सँग जुध्न कांग्रेसले ‘स्वयंसेवी समूह’ मार्फत काम गर्ने
सारांश
- नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि भ्रातृ संस्थाका युवा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ।
- पार्टीले आइतबार बसेको बैठकले भारी वर्षा र पहिरोबाट पीडित जिल्लाहरूमा भएको मानवीय क्षतिको दुःख व्यक्त गरेको छ।
- कांग्रेसले मानवीय क्षति कम गर्न राज्य र स्वयंसेवकहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
काठमाडौं । नेपाली काँग्रेसले विपद्सँग जुध्न भ्रातृ संस्थामा आबद्ध युवाहरूको स्वयंसेवी समूहमार्फत काम गर्ने भएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीका सबै भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको ’विपद् केन्द्रित विशेष बैठकले यस्तो निर्णय गरेको कांग्रेसले जनाएको छ । महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा बसेको बैठकले ठाउँठाउँमा भ्रातृ संस्थाका स्वयंसेवक स्थानीय रूपमा परिचालित भइसकेपनि थप सक्रियताका लागि अपिल गरेको छ ।
साथै कांग्रेसले भारी वर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पुरै देशलाई मर्माहत बनाएको भन्दै इलाम, रौतहट, खोटाङ, उदयपुर लगायतका जिल्लामा भएको मृत्युका घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
कांग्रेसले थप मानवीय क्षति हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयंसेविहरुलाई विशेष अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण