राजधानीमा राति फेरि वर्षा, आगामी २४ घण्टासम्म देशभर मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना
सारांश
- आइतबार रातिदेखि काठमाडौं उपत्यका लगायतका क्षेत्रमा वर्षा सुरु भएको छ।
- मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
- कोशी प्रदेशका पहाडी र तराईका केही स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ।
काठमाडौँ। आइतबार रातिदेखि राजधानीका विभिन्न क्षेत्रमा पुनः वर्षा सुरु भएको छ। शुक्रबारदेखि निरन्तर वर्षा भएपछि आइतबार दिउँसो केही समयको विराम मिले पनि राति पुनः वर्षा सुरु भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार राति कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भू–भागमा साधारण बदली देखिएको छ भने बाँकी भू–भागमा आंशिक बदली रहने छ।
विभागले दिएको पछिल्लो पूर्वानुमानअनुसार कोशी, मधेस, र बागमती प्रदेशका साथै देशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका पहाडी र तराईका केही स्थानहरूमा भारी वर्षा समेत हुन सक्ने चेतावनी दिइएको छ।
सोमबार दिउँसो देशका अधिकांश भागमा मौसम पुनः बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रहने र यी प्रदेशका थोरै ठाउँहरूमा मेघ गर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ ।
बाँकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा समेत हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण