काठमाडौँ र ललितपुरमा आजको बिदा खारेज, सरकारी कार्यालयहरू नियमित सञ्चालन हुने
सारांश
- काठमाडौं र ललितपुरमा सोमबारका लागि दिइएको सार्वजनिक बिदा खारेज गरिएको छ।
- मौसममा सुधार आएपछि र जोखिम कम भएपछि बिदा खारेज गरिएको हो।
- जिल्ला प्रशासनले १० बजेदेखि सबै सरकारी कार्यालयहरू खोल्न निर्देशन दिएको छ।
काठमाडौँ । राजधानीका दुई जिल्ला काठमाडौँ र ललितपुरमा सोमबार (आज) का लागि दिइएको सार्वजनिक बिदा खारेज गरिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति छुट्टाछुट्टै सूचना जारी गर्दै साेमबार असोज २० गते बिहान १० बजेदेखि सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएका छन्।
लगातारको वर्षाका कारण उद्धार तथा राहतमा ध्यान केन्द्रित गर्न गत असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो। तर, मौसममा सुधार आएपछि र जोखिमको अवस्था टरिसकेकाले दुवै जिल्लाका प्रशासन कार्यालयहरूले बिदा खारेज गरेका हुन्।

काठमाडौँ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८२/०६/२० सोमबार बिहान १० बजे देखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न तथा कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध गरिएको छ।’
यस्तै, ललितपुर प्रशासनले पनि गृह मन्त्रालयको निर्देशनअनुसार सोमबारदेखि सबै सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
यसअघि सरकारले २० गतेसम्म बिदा दिने निर्णय गरेको थियो। तर गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरूलाई सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएसँगै राजधानीका दुवै जिल्लामा बिदा खारेज गरिएको हो।
यससँगै काठमाडौँ र ललितपुरका सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सोमबारदेखि पुनः नियमित रूपमा सञ्चालन हुने भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण