सिस्नेरी–दक्षिणकाली सडकखण्ड सञ्चालन, कान्ति लोकपथ अझै अवरुद्ध
सारांश
- अविरल वर्षाका कारण अवरुद्ध बनेको हेटौँडा-काठमाडौँ सडकखण्ड मर्मतपछि सञ्चालनमा आएको छ।
- डोडारे खोलाले सडकको केही भाग कटान गरेपछि र पहिरो पन्छाएपछि यातायात सुचारु भएको हो।
- कान्तिलोकपथ भने भीमफेदीमा पहिरोका कारण अझै अवरुद्ध रहेको छ, र सडक खुलाउने प्रयास भइरहेको छ।
हेटौँडा । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण अवरुद्ध बनेको हेटौँडा काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड पनि सञ्चालनमा आएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजार नजिक डोडारे खोलले सडकको केहि भाग कटान गरेपछि अवरुद्ध उक्त सडक मर्मतपछि सञ्चालनमा आएको हो ।
डोडारे खोलाले बगाएको सडक दुई दिन लगाएर मर्मत गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । यस्तै सोही सडक खण्ड अन्तर्गत दक्षिणकाली मन्दिर नजिकै गएको ठूलो पहिरो पनि पन्छाइएको प्रहरीले जनाएको छ ।
कुलेखानी सिस्नेरी दक्षिणकाली सडक सञ्चालनमा आएपछि काठमाडौँ जाने सवारी साधनलाई सो मार्ग हुँदै काठमाडौँ पठाउन थालिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । उक्त सडक खण्ड हेटौँडा र काठमाडौँलाई जोड्ने वैकल्पिक मुख्य मार्गहरूमध्ये एक हो ।
यसअघि सोमबार बिहानैबाठ हेटौँडाबाट काठमाडौं पुग्नका लागि पुर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कुलेखानी–फाखेल सडकमार्ग सञ्चालन भएका थिए । तर, कान्तिलोकपथ भने अझै अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार कान्तिलोकपथ अन्तर्गत भीमफेदी वडा नम्बर ८ वगुवा खोलानजिक खसेको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ ।
उक्त स्थानमा डोजर परिचालन गरी माटो र ढुंगा हटाउने काम भइरहेको र आज साँझसम्म सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
-
‘चंगुल’ भदौ १९ गते रिलिज हुने
-
‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
-
असार लागेपछि पक्की सडक भत्काएर ढल निर्माण सुरु, स्थानीयबासीलाई सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण