कान्ति लोकपथ एकतर्फी सञ्चालन
सारांश
- वर्षाले अवरुद्ध भएको हेटौँडा-काठमाडौँ जोड्ने कान्ति लोकपथ पुनः सञ्चालनमा आएको छ।
- बकैया गाउँपालिकाको घुम्तीमा गएको पहिरो पन्छाएपछि लोकपथ एकतर्फी सञ्चालनमा ल्याइएको हो।
- प्रशासनका अनुसार साँझसम्म लोकपथ पूर्णरूपमा सञ्चालनमा आउने तयारी छ र यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
हेटौँडा । वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ पुनः सञ्चालनमा आएको छ । बकैया गाउँपालिका–११ घट्टेपाखा सिमात घुम्तीमा गएको ठुलो पहिरो पन्छाएपछि सोमबार बिहानदेखि लोकपथ एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार साँझसम्म लोकपथ पूर्णरूपमा सञ्चालनमा आउने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसहित सुरक्षाका प्रमुखहरू सोमबार बिहानै पहिरो प्रभावित क्षेत्रमा पुगेर अनुगमन र व्यवस्थापन कार्यमा संलग्न भएका थिए ।
गत शुक्रबार रातिदेखिको लगातार वर्षाले कान्ति लोकपथका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । प्रशासनका अनुसार ठिंगनदेखि बगुवा खोलासम्म खसेका तीनवटा ठुला पहिरोहरू शुक्रबार नै पन्छाइएका थिए भने आज हेटौँडादेखि बगुवा खोलासम्मका साना–ठुला गरी आधा दर्जनभन्दा बढी पहिरोहरू पनि हटाइएका छन् ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले हेटौँडाबाट काठमाडौँ जोड्ने सबै मार्ग सञ्चालनमा आइसकेको जानकारी दिँदै यात्रु र चालकहरूलाई भने सतर्कता अपनाउन आग्रह गरिन् । कान्ति लोकपथ सञ्चालनमा आएसँगै हेटौँडा–काठमाडौँ आवतजावतमा सहजता आउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
-
‘चंगुल’ भदौ १९ गते रिलिज हुने
-
‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
-
असार लागेपछि पक्की सडक भत्काएर ढल निर्माण सुरु, स्थानीयबासीलाई सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण