ट्रम्पको नयाँ घोषणा : सबै मध्यम र ठूला ट्रकमा २५% भन्सार शुल्क
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर २०२५ देखि अमेरिका आउने ट्रकहरूमा २५% भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
- ट्रम्पले अन्य देशहरूबाट अमेरिका आउने ट्रकहरूमा यो शुल्क लागु हुने बताएका छन्, तर देशको नाम खुलाएका छैनन्।
- ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी व्यापार नीतिमा परिवर्तन गर्दै भारतमा ५०% कर लगाएका छन्।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १, २०२५ देखि अमेरिका आउने सबै मध्यम तथा ठुला ट्रकहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। ट्रम्पले सोमबार 'ट्रुथ सोसल' मार्फत यो जानकारी दिएका हुन्।
उनले आफ्नो पोस्टमा शुल्क लाग्ने देशहरूको नाम स्पष्ट रूपमा उल्लेख गरेनन्, तर यो शुल्क ‘अन्य देशहरूबाट अमेरिका आउने’ ट्रकहरूमा लागू हुने बताए। ‘नोभेम्बर १, २०२५ देखि, अन्य देशहरूबाट अमेरिका आउने सबै मध्यम र ठुला ट्रकहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाइनेछ,’ ट्रम्पले लेखेका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी व्यापार नीतिमा ठुलो परिवर्तन गरिरहेका छन्। उनले अप्रिलमा सबै देशहरूमा १० प्रतिशत भन्सार शुल्क लगाएका थिए, जसमा केही देशहरूमा भने यो दर अझ उच्च छ।
ट्रम्पले हाल भारतमा कुल ५० प्रतिशत कर लगाएका छन्। उनले पहिले २५ प्रतिशत कर लगाउने घोषणा गरे पनि, भारतले रुसबाट तेल खरिद गरेपछि उनले थप २५ प्रतिशत कर लगाएर कुल ५० प्रतिशत पुर्याएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण