सीके राउतद्वारा ‘जेनजी जनमत संघ’ का युवालाई प्रशिक्षण
सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरीको बरमझियामा ‘जेनजी जनमत संघ’ का युवाहरूलाई प्रशिक्षण तथा निर्देशन दिएका छन्। उनले प्रत्येक टोलमा जेनजी मतदाता दर्ता अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन्।
डा. राउतले जेनजीलाई अरू कसैले नचिन्दा वा बेवास्ता गर्दा पनि आफू नै यस समूहको ‘लिडर’ रहेको बताए। जनमत पार्टीलाई ‘जेनजीको पार्टी’ को रूपमा प्रस्तुत गर्दै उनले ‘नौलो गणतन्त्रको विकास’ र ‘समस्याको निकास’ आफ्नो लक्ष्य भएको बताए।
जेनजी जनमत संघले अब ‘जे गर्छ, जेनजीले गर्छ’ भन्ने नारा अघि सारेको छ। पार्टीका मुख्य एजेन्डाहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र मुख्यमन्त्री, निर्वाचनमा ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ को व्यवस्था, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्नु रहेको छ।
साथै, पार्टीले ३० हजार जेनजी युवालाई प्रदेश प्रहरीमा भर्ना गर्ने, डिजिटल नेपाल र रोजगारीको व्यवस्था गर्ने, प्रदेशहरूलाई स्वायत्त र अधिकार सम्पन्न बनाउने घोषणा गरेको छ। विज्ञहरूलाई मन्त्रालयमा राख्ने, सांसदलाई मन्त्री नबनाउने, न्यायाधीशको नियुक्ति सरकारले नभई निर्वाचनमार्फत हुने, तथा भ्रष्टाचार नियन्त्रण गर्न ‘हायर एन्ड फायर’ नीति लागू गर्ने जस्ता महत्त्वाकाङ्क्षी योजनाहरू पनि जनमत पार्टीले अघि सारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण