गण्डकीका मुख्यमन्त्रीको निवासमा आगो लगाउने व्यक्ति पक्राउ
मङ्गलबार, २१ असोज २०८२, १३ : ३६
सारांश
- गण्डकी प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा रुपन्देहीका २२ वर्षीय संयोजक थापा रहेका छन्, जसलाई पोखराबाट पक्राउ गरिएको हो।
- प्रारम्भिक अनुसन्धानले थापाले एटिएम समेत तोडफोड गरेको देखाएको छ।
पोखरा । गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको राष्ट्रबैंक चोकमा रहेको निवासमा जेनजी प्रदर्शन पछि असोज १२ गते पुनः आगजनी गरिएको थियो ।
आगजनी गरेको आरोपमा रुपन्देही तिलोत्तमा नगरपालिका ४ घर भई हाल पोखराको राष्ट्रबैंक चोक बस्ने २२ वर्षका संयोजक थापालाई पक्राउ गरिएको कास्की प्रहरी सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनले राष्ट्र बैंकको कम्पाउन्ड सडक छेउमा रहेको एनआइएमबीको एटिएम समेत तोडफोड गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण