अपडेट
बालेन र सुदन पक्राउको माग गर्दै प्रहरीमा अखिलको टोली, तस्बिरमा हेर्नुस्
मङ्गलबार, २१ असोज २०८२, १७ : ०२
सारांश
- अनेरास्ववियुको टोलीले जेनजी आन्दोलनमा सरकारी संरचना ध्वस्त पारेको आरोप लगाउँदै सुदन गुरुङ र बालेन शाहविरुद्ध जाहेरी दिएको छ।
- अनेरास्ववियुका पूर्वअध्यक्ष र महासचिवसहितको टोली प्रहरी परिसर पुगेको थियो।
- यसअघि, जेनजीले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै निवेदन दिएका थिए।
काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको टोली जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दाबी गर्दै हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन) विरुद्ध जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ ।
अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल र हालका महासचिव दीपक धामीसहितको टोली प्रहरी परिसर पुगेको हो । यसअघि मंगलबार नै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुदन गुरुङ समूहका जेनजीले निवेदन दिएका छन् । प्रहरीले उनीहरूको निवेदन लिएर गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पठाएको जनाएको छ ।
दुवै पक्ष भद्रकालीस्थित प्रहरी परिसरमा आमनेसामने भएसँगै त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
_e1WY4oOW6h.jpg)
_GAhAphbs1S.jpg)
_aeNQpVgjFt.jpg)
_F6NbamU1RE.jpg)
_0RlMWjSkUz.jpg)
_v6y1MWDlTd.jpg)
_lSPxFDNsMR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण