विश्वकप छनोट खेल आजबाट, नेपालको पहिलो खेल कुवेतसँग
बुधबार, २२ असोज २०८२, ०७ : १५
सारांश
- आईसीसी टी-ट्वान्टी विश्वकप २०२६ को एसिया छनोट खेल आजबाट सुरु हुँदैछ।
- नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ, जसमा कुवेतसँगको खेल राति ८:४५ मा सुरु हुनेछ।
- सुपर सिक्समा पुग्न नेपालले समूह चरणमा राम्रो प्रदर्शन गर्नुपर्नेछ, र शीर्ष तीन टोली विश्वकपमा छनोट हुनेछन्।
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल आजबाट सुरु हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र कुवेतबिचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।
प्रतियोगितामा नेपालले दोस्रो खेलामा जापानसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको एक खेलमा मात्र सहज जित निकाल्दै नेपाललाई सुपर सिक्समा पुग्ने अवसर छ ।
विश्वकप छनोटका खेलहरु अक्टोबर १७ सम्म हुनेछ । समूह चरणको शीर्ष स्थानमा रहेको खण्डमा नेपाल सुपर सिक्समा छनोट हुनेछ ।
सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण