धेरैजसो जिल्लामा आकस्मिक बाढीको जोखिम न्यून
बुधबार, २२ असोज २०८२, ०७ : ५९
सारांश
- पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली रहेको छ।
- सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
- जुम्ला, मुगु, डोल्पा, हुम्ला, बझाङ, दार्चुला लगायतका जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ।
काठमाडौँ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायुको कमजोर प्रभाव रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज धेरैजसो जिल्लामा आकस्मिक बाढीको न्यून जोखिमको सम्भावना रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज जुम्ला, मुगु, डोल्पा, हुम्ला, बझाङ, दार्चुला र आसपासका जिल्लामा रहेका स-साना नदीहरूमा पानीको बहाव बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण