‘कान्तारा’ मा महिला पात्रको चित्रणबारे आलोचना
सारांश
- अभिनेता ऋषभ शेट्टीले ‘कान्तारा’ फिल्ममा महिला पात्रको चित्रणबारेको आलोचनाको जवाफ दिए।
- उनले सिनेमा समाजको ऐना भएको र कथावस्तुलाई सधैँ परिवर्तन गर्न नसकिने बताए।
- ऋषभ शेट्टीले ‘कान्तारा च्याप्टर १’ को सफलतामा खुशी व्यक्त गर्दै फिल्मले राम्रो कमाई गरेको बताए।
हैदराबाद । अभिनेता तथा फिल्म निर्माता ऋषभ शेट्टीले आफ्ना ‘कान्ताराֹ’ फिल्महरूमा महिला पात्रको चित्रणलाई लिएर भएको आलोचनाको जवाफ दिएका छन्। उनले महिला पात्रहरूलाई शक्तिशाली र प्रभावशाली बनाइएको भए पनि उनीहरूको कथा अन्ततः कथाको मागअनुसार नै अगाडि बढ्ने बताएका हुन्।
उनले सिनेमा प्रायः समाजको ऐना हुने र बाह्य अपेक्षाहरू मिलाउनका लागि कथावस्तुलाई सधैँ परिवर्तन गर्न नसकिने तर्क गरे। सन् २०२२ मा ‘कान्तारा’ रिलिज भएपछि ऋषभ शेट्टीलाई नायिकाको अनुमतिबिना कम्मरमा चिमोट्ने एक दृश्यका कारण कडा आलोचना भएको थियो।
टाइम्स नाउसँगको एक अन्तर्वार्तामा उनले उक्त आलोचना र त्यसको सन्दर्भबारे बोलेका छन्। ऋषभले भने, ‘फिल्ममा शिवको यात्रा देखाइएको छ, जो केवल नायक मात्र होइन, खलनायक पनि हो। मानिसहरूले नायकले गलत काम गरिरहेको सोचेर गलत बुझे। म त उसले के गर्नुहुँदैन, तर त्यसको उल्टो गरिरहेको देखाउँदै थिएँ।’
उनले सिनेमामा समाजका सकारात्मक र नकारात्मक दुवै पक्ष प्रस्तुत गरिने र त्यसलाई कसरी बुझ्ने भन्ने कुरा दर्शकमा निर्भर हुने बताए।
हाल ऋषभ शेट्टी लिखित र निर्देशित ‘कान्तारा’ को प्रिक्वेल ‘कान्तारा च्याप्टर १’ को सफलतामा रमाइरहेका छन्। बक्स अफिसमा राम्रो गरिरहेको यस फिल्मले रिलिजको पाँच दिनमै विश्वभर ३७० करोड भारतीय रुपैयाँ सङ्कलन गरिसकेको छ।
हिन्दुस्तान टाइम्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण