३०० करोड क्लब नजिक पुग्यो ‘कान्तारा चप्टर १’, कस्तो छ अरू फिल्मको अवस्था ?
सारांश
- ऋषभ शेट्टीको फिल्म 'कान्तारा च्याप्टर १' ले २९० करोड भारु कमाइ गरेको छ र ३०० करोड क्लबमा सामेल हुने देखिएको छ।
- जान्हवी कपूर र वरुण धवनको फिल्म 'सनी संस्कार की तुलसी कुमारी' को कलेक्सनमा कमी आएको छ, छैटौँ दिनमा ३ करोड भारु मात्रै कमाएको छ।
- पवन कल्याणको फिल्म 'ओजी' को कमाई घटेको छ, १३ औँ दिनमा १ करोड ४० लाख भारु कमाएको छ, 'कान्तारा च्याप्टर १' ले दर्शक घटायो।
नयाँ दिल्ली । ऋषभ शेट्टीद्वारा अभिनीत र निर्देशित ‘कान्तरा च्याप्टर १’ले लोभै लाग्दो कमाइ गरिरहेको छ । फिल्मले अहिलेसम्म २९० करोड भारु कमाएको छ । छैटौँ दिनमा फिल्मले ३३ करोड ५० लाख भारु कमाएको छ । फिल्मको कमाई हेर्दा यो छिटै नै ३०० करोड क्लबमा सामेल हुने देखिन्छ ।
भारतीय बक्स अफिसमा यतिबेला कान्तरा च्याप्टर १ को दबदबा छ । यस्तोमा अन्य फिल्म दबाबमा आएका छन् । जान्हवी कपूर र वरुण धवनको अभिनय रहेको ‘सनी संस्कार की तुलसी कुमारी’को कलेक्सनमा व्यापक कमी आएको छ । फिल्मले मंगलबार छैटौँ दिनमा ३ करोड भारु मात्रै कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन ३६ करोड २५ लाख भारु भएको छ ।
घट्दै छ ‘ओजी’को कमाई
दक्षिण भारतीय अभिनेता पवन कल्याणको फिल्म ‘ओजी’ १३ दिनदेखि सिनेमाघरमा प्रदर्शनमा छ । मंगलबार १३ औँ दिनमा फिल्मले १ करोड ४० लाख भारु मात्रै कमायो । फिल्मको अहिलेसम्मको कमाई १८५ करोड ८५ लाख भारु पुगेको छ । फिल्मले राम्रो व्यापार गरिरहेको थियो । तर ‘कान्तरा च्याप्टर १’ हलमा आएपछि यसका दर्शक घटिरहेका छन् ।
लाखमा समेटियो ‘जोली एलएलबी ३’
अक्षय कुमार र अर्शद वारशीको मुख्य अभिनय रहेको फिल्म ‘जोली एलएलबी ३’को कमाई लाखमा समेटिएको छ । फिल्म रिलिज भएको १९ औँ दिन मंगलबार यसले ७५ लाख मात्र कमायो । योसँगै फिल्मको कूल कलेक्सन १०९ करोड ४० लाख भारु पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण