डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु
सारांश
- डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।
- शिखर नगरपालिका-२, मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीलाई अरिङ्गालले टोकेको थियो।
- उपचारको क्रममा उनको सेती प्रादेशिक अस्पतालमा निधन भयो।
डोटी । डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका–२, मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइका कारण ज्यान गएको हो ।
गत असोज ४ गते दिउँसो घाँस काट्न गएकी पार्कीलाई अरिङ्गालले टाउको, हात र घाँटीमा टोकेर गम्भीर घाइते बनाएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
सुस्तमनस्थिति भएकी उनको स्वास्थ्य अवस्थाबारे ढिलो गरी जानकारी भएको बताइएको छ । घटनाको करिब दुई हप्तापछि असोज १८ गते उनकी आमा मुनुली विकले छोरीलाई उपचारका लागि राजपुरस्थित महाकाली मेडिकलमा पुर्याएकी थिइन्।
मेडिकलमा रगत अभाव देखिएपछि सोही दिन उनलाई जिल्ला अस्पताल डोटीमा भर्ना गरियो । जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुजित मण्डलका अनुसार, पार्कीको शरीरमा रगतको कमी हुनुका साथै मिर्गौलामा पनि समस्या देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो ।
उपचारकै क्रममा बुधबार बिहान ४ बजेर ५० मिनेटमा पार्कीको निधन भएको सेती प्रादेशिक अस्पतालले पुष्टि गरेको छ । मृतक पार्कीका श्रीमान र दुई वर्षका एक छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण