घर भत्किँदा घाइते भएका मोक्तानको हेलिकप्टरबाट उद्धार
सारांश
- अविरल वर्षाले घर भत्किँदा घाइते भएका काभ्रेका एक पुरुषलाई हेलिकप्टरबाट उद्धार गरिएको छ।
- महाभारत गाउँपालिका-८ का ४६ वर्षीय दूधलाल मोक्तानको टाउकोमा चोट लागेपछि काठमाडौँ लगियो।
- गाउँपालिकाको सिफारिसमा हेलिकप्टरबाट उद्धार गरिएको र सडक अवरुद्ध भएकाले यो आवश्यक थियो।
काभ्रे । गत असोज १७ र १८ को अविरल वर्षाका कारण घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार गरिएको छ । वर्षाका कारण घर भत्किँदा घाइते भएका महाभारत गाउँपालिका–८ घर्तिछापका ४६ वर्षीय दूधलाल मोक्तानलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको हो ।
अविरल वर्षाका कारण मोक्तानको घर असोज २० गते भत्किएको थियो । घरको गारोले टाउकोमा लाग्दा गहिरो चोट लागेकाले उनको थप उपचारका लागि बुधवार हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको हो ।
घाइते मोक्तानको उद्धारका लागि महाभारत गाउँपालिका–८ को वडा कार्यालयले सिफारिस गरेपछि गाउँपालिकाले हेलि एम्बुलेन्सको व्यवस्थाका लागि अनुरोध गरेको थियो । लगातारको वर्षाले सडक अवरुद्ध भएकाले तत्काल उद्धार गरी अस्पतालसम्म लैजान हेलिकप्टरको प्रयोग गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय अविरल वर्षापछिको बाढी पहिरोले काभ्रेका महाभारत, खानीखोला, रोशी र बेथानचोक गाउँपालिकामा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएको छ । महाभारत गाउँपालिकामा सडक, विद्युत् र सञ्चार सम्पर्कसमेत विच्छेद भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
-
‘चंगुल’ भदौ १९ गते रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण