बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् कहीँ नभएको जात्रा हाँडीगाउँमा

बुधबार, २२ असोज २०८२, १४ : ३३
बुधबार, २२ असोज २०८२

सारांश

  • काठमाडौँमा कोजाग्रत पूर्णिमाको भोलिपल्ट 'कहीँ नभएको जात्रा हाँडीगाउँमा' निकालिन्छ, जुन सत्यनारायणको जात्रा हो।
  • यो जात्रा तीन दिनसम्म मनाइन्छ, जसमा गजुर मुनि र देवता माथि रहने परम्परा छ, र विशेष फूल र इनारको पानी प्रयोग गरिन्छ।
  • किंवदन्ती अनुसार, यो जात्रा लिच्छिवीकालका राजाले सुरु गरेको विश्वास छ, जसले नारायण भगवानलाई खुशी पार्न मद्दत गर्यो र बहिनीले बच्चा जन्माउन सकिन।

काठमाडौँ । काठमाडौँमा वर्षेनी निकालिने ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ आज पनि निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट उक्त जात्रा निकालिन्छ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो।

hadigau-jatra (1)

यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ । हाँडीगाउँको जात्रामा गजुर मुनि र देवता माथि रहने गर्दछन् । बिरलै पाइने एक विशेष प्रजातिको फूल (सी स्वाह) हाँडीगाउँको जात्रामा चाहिन्छ । त्यस्तै सो क्षेत्रमा एउटा मात्र इनार छ, जहाँको पानी यो जात्रामा मात्रै चढाउने चलन छ ।  यो जात्रा लिच्छिवीकालका राजाले सुरु गरेको विश्वास रहिआएको छ । किंवदन्ती अनुसार कुनै समयमा एक राजाका दुई छोरी थिए । उनीहरूको एकै समयमा सुत्केरी हुने समय थियो । 

hadigau-jatra (3)

दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताए पनि बहिनीले यस कुरामा विश्वास गरेकी थिइनन् । जसकारण, दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिए पनि बहिनीको १२ वर्षसम्म पनि सन्तानलाई जन्म दिन सकिनन्  । यसको कारण खोज्दै जाँदा रिसाएका नारायण भगवान् हिमालमा तपस्या गरेर बसेका थिए । 

ती भगवानलाई प्रसन्न पार्न ‘कहीँ नभएको जात्रा’ गरेपछि मात्रै बहिनी सुत्केरी भएकी थिइन् भन्ने विश्वास रहेको छ ।

hadigau-jatra (4)hadigau-jatra (2)hadigau-jatra (5)hadigau-jatra (6)hadigau-jatra (7)hadigau-jatra (8)hadigau-jatra (9)hadigau-jatra (10)hadigau-jatra (11)hadigau-jatra (12)hadigau-jatra (13)hadigau-jatra (14)hadigau-jatra (15)hadigau-jatra (16)hadigau-jatra (17)hadigau-jatra (18)hadigau-jatra (19)hadigau-jatra (20)hadigau-jatra (21)hadigau-jatra (22)hadigau-jatra (23)hadigau-jatra (24)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप