सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
लिची बगान जग्गा घोटाला प्रकरण

दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ताका लागि विशेष अदालत पुग्यो अख्तियार

बुधबार, २२ असोज २०८२, १४ : ४६
बुधबार, २२ असोज २०८२

सारांश

  • पोखराको लिची बगान जग्गा घोटालामा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ताको लागि अख्तियार विशेष अदालत पुग्यो।
  • उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।
  • पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जना विरुद्ध मुद्दा दर्ता भएको हो।

काठमाडौँ । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियार विशेष अदालत पुगेको छ । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत गएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । हाल अदालतमा रुजु गर्ने काम भइरहेको पौडेलले बताए । 

जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप