कांग्रेस केन्द्रीय समितिमा महामन्त्री गगन थापाले सदस्यताको अवस्थाबारे प्रतिवेदन पेस गर्ने
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको प्रतिवेदन पेश गर्ने भएका छन्।
- जेनजी आन्दोलनका क्रममा जलेका पार्टी कार्यालय र प्रभावित क्रियाशील सदस्यताको विषयमा प्रतिवेदन पेश गरिनेछ।
- जिल्लाहरूबाट भौतिक क्षति, अभिलेख र सदस्यतासम्बन्धी विवरण संकलन गरिने निर्णय भएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको असोज २६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको क्रियाशील सदस्यताको अवस्थाबारे महामन्त्री गगन थापामा प्रतिवेदन पेस गर्ने भएका छन् । महामन्त्री थापा पार्टीले बनाएको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक हुन् ।
समितिको बुधवार बसेको बैठकले क्रियाशील सदस्यताको अवस्थाबारे महामन्त्री थापाले केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समिति बैठकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयहरू जलाइएकाले त्यसमा क्रियाशील सदस्यताबारे के–के भयो भन्नेबारे केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेस गर्ने निर्णय गरेको समिति सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।
‘जेनजी आन्दोलनका क्रममा पार्टीका ४० भन्दा बढी जिल्ला कार्यालय र केन्द्रीय कार्यालय जलेका छन् । गाउँ/नगर प्रदेश समितिका कार्यालय पनि आगजनी भएका छन् । त्यसमा क्रियाशीलता सदस्यता कहाँ कहाँ जले ? के कारणले प्रभावित भयो ? अभिलेखीकरण गर्नका लागि आन्दोलन अघि समितिले के–के निर्णय निर्णय गरेको थियो । र अहिले देशभरको अवस्था के छ त्यसकाबारे केन्द्रीय समितिमा महामन्त्री प्रतिवेदन पेस गर्ने निर्णय भएको छ,’ स्नेहीले रातोपाटीसँग भने ।
त्यसका लागि जिल्ला जिल्लाबाट रिपोट लिने निर्णय पनि समिति बैठकले गरेको छ । भौतिक क्षति, अभिलेख, क्रियाशील सदस्यताको ठेली, सदस्यता राखेको कम्प्युटरको अवस्था के छ भन्नेबारे समितिले जिल्ला जिल्लाबाट रिपोट मागेको स्नेहीले बताए ।
महामन्त्री थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्था व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू स्नेही, सिता गुरुङ, योगेन्द्र चौधरी सदस्य छन् ।
समितिको म्याद गत असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले असोज मसान्तसम्म थपेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण