जेनजी आन्दोलनका बेला फरार दुई प्रतिवादी र एक कैदी पक्राउ
सुखेृत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले फैसला कार्यान्वयनका क्रममा फरार रहेका दुई प्रतिवादी र कारागारबाट भागेका एक कैदीसहित तीन जनालाई पक्राउ गरेको छ ।
बुधबार उनीहरूलाई सुर्खेतका विभिन्न वडाबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरू र कारागारबाट भागेका कैदीलाई सुर्खेतका विभिन्न वडा क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो । नियन्त्रणमा लिइएपछि आवश्यक कारबाहीका लागि सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेत र सम्बन्धित कारागार कार्यालयमा पेस गरिएको उनले बताए ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका—९, का सुशील बोगटी रहेका छन् । उनी नकबजनी चोरी मुद्दाका उनलाई ३ महिना ९ दिन कैद र ३९ हजार ३२३ जरिवाना तोकिएको थियो । तर उनी कैद भुक्तान नगरी फरार थिए ।
उनलाई फैसला कार्यान्वयनका लागि सोही दिन अदालतमा पेस गरिएको छ । यस्तै काठमाडौँको जगन्नाथदेवल कारागारबाट भागेका गिरबहादुर दमाईलाई लेखबेशी नगरपालिका—२, बाट नै बुधबार पक्राउ गरिएको डीएसपी बुढ्थापाले बताए । उनी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका थिए ।
उनी कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका कैदी हुन् ।
यस्तै मंगलबार जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी प्रेम बहादुर चदारालाई पनि सुर्खेत प्रहरीले पक्राउ गरेको छ । जाजरकोट जुनिचाँदे गाउँपालिका—११ का उनलाई पक्राउ गरी अदालतमा पेस गरिएको छ ।
डीएसपी बुढ्थापाले प्रहरीले फैसला कार्यान्वयन तथा अपराध नियन्त्रणका लागि विशेष अभियानलाई निरन्तरता दिइरहेको र समाजमा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण