कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन
बिहीबार, २३ असोज २०८२, ११ : २१
सारांश
- नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधन भएको छ।
- उहाँ जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति पनि हुनुहुन्थ्यो।
- कांग्रेस सभापति शेरबहादुर देउवाले मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
काठमाडौँ । नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधन भएको छ । जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापतिसमेत रहेका मल्लको कोहलपुरमा उपचारका क्रममा बिहीबार बिहान ३ः ०० बजे ७८ वर्षको उमेरमा भएको निधन भएको कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
मल्लको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । मल्लको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण